
पोखरा न्यूज । आज मंगलबार देशका पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशसँगै प्रदेश १, र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ ।
बुधबार गण्डकी प्रदेशसँगै प्रदेश १ का पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।





