पोखराको रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गर्छु- मन्त्री आले

पोखरा न्यूज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले पोखराको रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गर्ने बताउनुभएको छ ।

शुक्रबार पोखरामा पोखरा पर्यटन परिषद्को २२ औ साधारण सभामा बोल्दै मन्त्री आलेले रत्न मन्दिर र हिमागृह खुला गर्नु पोखराको पर्यटन विकासका लागि थप महत्त्वपूर्ण रहेकाले तत्कालै खोल्न पहल गर्ने बताउनुभयो ।

‘मैले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्ने विषयमा धेरै समाचार पढेँ’, उहाँले भन्नुभयो, ‘के कारणले खुल्न नसकेको हो, म बुझेर छिट्टै खोल्न पहल गर्छु । ढुक्क हुनुहोस् म खुलाउँछु ।’

आफूले पर्यटन क्षेत्रको विकास गर्नकै लागि मन्त्रीको जिम्मेवारी लिएको जनाउँदै मन्त्री आलेले पर्यटकीय नगरी पोखराको पर्यटन विकासमा विशेष रूपले चासो दिने बताउनुभयो ।

उहाँले पोखराको पर्यटनमा उल्लेखनीय योगदान पुर्‍याउने मानिएको राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका समस्या तत्काल समाधान गर्न निर्देशन गरिएको बताउँदै निर्धारित समय मै विमानस्थल सञ्चालनमा आउने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button