आज यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना

पाेखरा न्यूज । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ ।

सोमबार बिहान जारी बुलेटिन मार्फत महाशाखाले हाल गण्डकी प्रदेशसँगै  सुदुरपश्चिम, कर्णाली र  लुम्बिनीमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको तथा  यी प्रदेशका  केही स्थानमा हल्का देखी मध्यम वर्षा र हिमपात भइरहेको जानकारी दिएको छ ।

सोमबार दिउँसो समेत  यी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम, बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको  र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति गण्डकी प्रदेश,  प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा र  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार  मंगलबार र बुधबार समेत  केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वर्षा र हिमपातले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button