पाेखरा न्यूज । पाेखराकाे एक सुनपसलका संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतमा माघ ७ गते शुक्रबार भएकाे डाँका चोरी घटनामा संग्लन भएकाेरहेको आराेपमा उनीहरु पक्राउ परेका हुन् ।
शुक्रबार राति अन्दाजी ९ बजेको समयमा पर्वतकाे फलेवास ५ लमायखोला किनारमा फलेवास ७ लिमिठाना बस्ने २८ वर्षीय सम्राट पौडेललाई बेहाेस बनाएर डाँका गरी साथबाट विभिन्न सामानहरू लुटेका थिए।
पाैडेलकाे ग.१३ प. ४८ नं. अपाची मोटरसाईकल, मोटरसाईकलको सवारी दर्ता प्रमाण पत्र र सवारी चालक अनुमति पत्र, घाँटीमा लगाएको सुनको सिक्री थान-१, हातको औंलामा लगाएको सुनको औंठी थान-१, कानमा लगाएको सुनको टप थान-१, साथमा रहेको रेड्मी नोट ७ प्रोम्याक्स मोबाईल थान-१ र १५ हजार रुपैयाँसहितको पर्स ३ जनाकाे समूहले डाँकाचाेरी गरेकाे थियाे ।
फलेवास ५ बस्ने २८ वर्षीय राजन वि.क. , २२ वर्षीय किस्मत वि.क. र कुश्मा ३ बस्ने २१ वर्षीय साहिल वि.क. ले वेहोस वनाई डाँका गरी लगेको भन्ने सूचना र बिशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले डांका गरी लगेको मोटर साइकल सोको कागजात र मोवाईल सहित उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीका अनुसार उनीहरुलाई सोधपुछ गर्ने क्रममा डाँका गरी लगेको औंठी पोखरा १ बस्ने २१ वर्षीय सुजिन सुनार मार्फत पाेखराकाे सुन पसलमा बिक्रि गरिएकाे थियाे ।
डाँका गरी लगेकाे औंठी पोखरा २ मोहोरिया टोलमा रहेको गहना घर नामक सुन पसलका २५ वर्षीय अक्लेश बुद्धचार्यलाई बिक्री गरेको अनुसन्धानमा पाइएपछि प्रहरीले ती दुवै जनालाई नियन्त्रणमा लिई विक्री गरिएको सुनको औंठी समेत वरामद गरेकाे जनाएकाे छ ।
घटनाकाे अनुसन्धान कार्य जारी राख्दै नियन्त्रणमा रहेका चारै जनालाई डाँका गर्न नहुने कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक २० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले मगलबार जनाएकाे छ ।