
पोखरा न्यूज । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीले जानकारी दिए ।
बिहीबार बिहान साढे सात बजे मादी– ६ को सातघुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन ।





