पोखरा न्यूज । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा एक बालिकाको ज्यान गएको छ ।
गएराति भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी १२ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्रीको ग्यास पड्किदा मृत्यु भएको हो ।
सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उहाँले जानकारी दिनुभयो ।