पृथ्वी राजमार्ग विस्तारले सवारी आवागमन अवरुद्ध

पृथ्वी राजमार्ग विस्तारको क्रममा ढुङ्गा खसेर राजमार्गमा झर्दा यातायात आवागमन अवरुद्ध भएको छ ।

राजमार्गको तनहुँ जिल्लाअन्तर्गत म्याग्दे गाउँपालिका १ वरचौरमा बाटो खन्ने क्रममा ढिस्कोको ढुङ्गाले बाटो दुईतर्फी अवरुद्ध पारेको हो । हाल बाटो एकतर्फी खुलाउने प्रयास भइरहेको स्थानीयले जनाएका छन् ।

यातायात अवरुद्ध हुँदा दुवैतर्फ सवारी जाम भएको छ । काठमाडौँ र पश्चिम नेपाल जोड्ने प्रमुख राजमार्ग पृथ्वी राजमार्गको विस्तारको काम भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button