पुष २७ देखि पोखरामा बृहत शैक्षिक मेला

पोखरा-
पोखरामा यही पुष २७ गते देखि बृहत शैक्षिक मेला –२०७३ हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले चौथो संस्करणको उक्त मेला पुस २९ गतेसम्म पोखरा सभागृहमा संचालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
यस अघि कम्पनी मार्फत संचालन भएको उक्त मेला यसबर्ष देखि संघले नै आयोजना गर्ने गरी तयारी अन्ति चरणमा पुराएको इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले बताए । यस अघिका मेलाको आय व्याय समेत सार्वजनीक हुन नसकेकोमा कुनै कम्पनी मार्फत मेला संचालन गरेकोले आफुहरुलाई त्यसको बारेमा कुनै ख्याल नगरेकोले यस बर्ष देखि पारदर्शी ढंगले जाने भएको समेत उनले जनाए । मेला विभिन्न इक्यानमा आबद्ध पोखराका करीब ३५ वटा संस्थाका ५० वटा स्टल रहने गरी मेला हुने भएको उनले जनाए । नेपाली विद्यार्थीलाई स्वेदशी एवं विदेशी शिक्षा प्रणाली तथा त्यसको भविश्यका विषयमा सूचना प्रवाह गर्न मेला फलदायि हुने इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले बताए । विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका लागि मेला प्लस टुका बिद्र्यीहरुको लागि बढी प्रभावकारी हुने अध्यक्ष तिवारीले जनाए । मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट लक्षित विद्यार्थी तथा अभिभावक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने सचिव भुवन क्षेत्रीले बतए । उच्च शिक्षाका लागि विभिन्न देशका विश्वविद्यालयमा जाने विद्यार्थीहरुको आकर्षण बढेकाले मेला प्रभावकारी हुने इक्यानका केन्द्रीय सदस्य डि.बि. गुरुङले बताए । इक्यान कास्कीको व्यवस्थापन तथा नमस्ते एजुकेसन इन्स्ट्रिच्युटको प्रस्तुतीकरणमा मेला हुन लागेको हो । मेलाबाट १५ लाख रुपैयाँ आम्दानी हुने र करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । वचत रकम गरीव तथा विपन्न बर्गको लागि छात्रबृत्तिकोष स्थापना गरीने भएको । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button