आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव

जल तथा मौसम विज्ञान विभागले आज देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसैगरी देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

देशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सचेत रहन पनि विभागले सुसूचित गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button