
पोखरा । कास्कीमा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।
कास्कीको रुपा गाँउपालिका -६ निगाल झाँप्रास्थित भित्री सडकमा रुपाताल तर्फ जाँदै गरेको प्रदेश ३–०२–००९ प ५२०५ नम्बरको मोटर साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
सडकबाट करिब ९० मिटर तल खसेर भएको दुर्घटनामा मोटरसाइकल चालक लमजुङ दुधपोखरी -६ का २९ वर्षीय कृष्ण गुरुङ र पछाडि सवार २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाईते भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित अस्पतालमा ल्याइएकोमा चेक जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनाका वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





