झापालाई हराउदै आर्मी सहारासंग सेमि फाईनलमा

पोखरा-

रमपम झापा ११ लाई पराजित गर्दै गत बर्षको उपविजेता विभागिय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी १५ औं संस्करणको आहा रारा गोल्ड कपको सेमिफाईनलमा प्रबेस गरेको छ । समुह एमा रहेको आर्मीले पहिलो सेमिफाईनल खेल यही माघ १२ गते आयोजक सहारा क्लवसंग प्रतिष्प्रर्धा गर्नेे भएको हो ।

पोखरा रंगशालामा सोमबार हजारौं दर्शकहरु माझ भएको तेश्रो क्वाटरफाईनल खेलमा आर्मीले झापालार्ई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा यात्रा बनाएको हो । आर्मीको जितमा म्यान अफ दी म्याच घोषित नवयुग श्रेष्ठ र कप्तान भरत खवासले एक एक गोल गरे ।

पहिलो हापमा आक्रमक शैलिमा उत्रिएका दुबै टिमको केहि प्रयास खेर जादा दुबै तर्फ गोल हुन सकेन । दोश्रो हापको एक मिनेटमै नवयुग श्रेष्ठले आर्मीलाई नयाँ सुरुवात गराए । विपक्षि गोलरक्षक किशोर गिरी पेनाल्टी एयरीया नजिक आएको अबस्थामा करीब १० यार्ड नजिकबाट श्रेष्ठले हेड मार्फत खाली पोष्टमा वललाई दिशा दिदा वलले जाली चुमेको थियो । खेलको ७० औं मिनेटमा कप्तान भरत खवासले एक गोल गरी २–० आफ्नो टिमलाई अग्रता दिलाए । करीब २५ यार्ड नजिकबाट खवासले दुई जना डिफेन्स खेलाडीहरुलाई छल्दै फष्टवार च्याप्दै गोल गरेका हुन । आर्मीले पाएका केहि अवसर सदुपयोग गर्न नसक्दा अझ गोल अन्तर फराकिलो पार्न सकेन । झापा ११ ले पाएका अवसरहरुलाइ सदुपयोग गर्न नसक्दा यस पाली क्वाटरफाईनलबाटै यात्रा टुंगाउनु पर्यो । गत बर्ष मनाङ मस्र्याङदीसंग सेमिफाईन खेलमा ४–० ले पराजित भएको झापाले यस बर्ष खेलमा फिनिसिङ गर्न नसक्दा अन्ततः पराजित हुनु पर्यो । झापाको खेलको ५७ औं मिनेटमा कम व्याक हुने अवसर गुमेको थियो । रन्जित श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाइ देवेन्द्र तामाङले प्रहार गरेको वल फष्टवार नजिक पुग्दा विपक्षि गोलरक्षक विकास कुथुले बचाउ गरे । त्यसै गरी देवेन्द्र तामाङ, कप्तान नरेन्द्र मनि लिम्वु, कर्ण सुव्वा, बुद्ध चेम्जोङले प्रहार गरेका केहि अवसर खेर गएका थिए । पोखरा रंगशालामा दर्शकहरुले झापाको समर्थन गर्न पुगे पनि एक गोल पनि गर्न नसक्दा निरास हुदै २–० को अग्रता कायम हुदा देखि आफ्नो गन्तव्यमा लाग्न थालेका थिए ।

खेलको १३ औं मिनेटमा आर्मीको सन्तोस तामाङ पेनाल्टी एरिया नजिकबाट प्रहार गरेको वल क्रसमा लागेर रिवाउण्ड भएको थियो । ३५ औं मिनेटमा दिप कुमार लामाले १० यार्ड नजिकबाट प्रहार गरेको वल फष्टवार च्याप्दै बाहिरिएको थियो । खेलको ३९ औं मिनेटमा नवयुग श्रेष्ठले दिएको पास वललाइ दिपक कुमार लामाले सदुपयोग गर्न सकेनन । लामाले पेनाल्टी एरिया नजिकैबाट प्रहार गरेको वल पोष्ट माथिबाट वल बाहिरिएको थियो । खेलको ४० मिनेटमा भरत खवासले पोष्टमा चार्ज गर्दा विपक्षि डिफेन्स खेलाडी रवि थापा मगरले गोलाईन नजिकैबाट उत्कृष्ट बचाउ गरे । झापा ११ का प्रशिक्षक सन्जय राइले आफुहरुले पाएका केही अवसर गोलमा परिणत हुन नसक्नु हारको कारण भएको बताए । आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो हापमा धेरै अवसर गुमे पनि दोश्रो हापमा विपक्षिलाई मनोवल खस्कने गरी सुरुवातमै गोल भएर जित भएको बताए । झापाले अमेरीकाको एएनए टिमलाई पराजित गरी क्वाटरफाईनलमा यात्रा बनाउदा गत बर्षको उपविजेता आर्मीले सिधै वाई पाएर क्वाटरफाइृनलमा यात्रा पाएको थियो । भोलि मंगलबार अन्तिम क्वाटरफाईनल खेल संकटा क्लव बिरुद्ध बंगलादेशको फ्राशगञ्ज एस सि बिच प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए ।

फोटो – युनिष गुरुङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button