
पोखरा । सरकारले पोखराको फेवा संरक्षित जलाधार क्षेत्रको प्रभावकारी रुपमा संरक्षण गर्ने भएको छ।
मन्त्रिपरिषद्को शुक्रबारको निर्णयबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा यो विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।
कार्यसूचीको बुँदा नम्बर ७६ मा जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनस्थापना, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकुलका कार्यहरु गरिने योजना अघि सारिएको हो ।
यसका लागि सरकारले सरोकारवालाहरुको सहभागितामा तीन महिनाभित्र प्रक्रिया अघि बढाउने योजना बनाएको छ।





