अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा पोखरामा मैत्रिपुर्ण बास्केटवल

पोखरा न्युज -०७, असार ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा पोखरामा आज (विहिबार) मैत्रिपुर्ण बास्केटवल सम्पन्न भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजनामा पोखराको पृथ्बीनारायण क्याम्पसको बास्केटवल कोर्टमा भएको मैत्रिपुर्ण बास्केटवल प्रतियोगितामा संघ सहितको भुपु खेलाडीहरुको समुह विजयी भएको छ ।

भुतपुर्व अम्मरसिंह वुवाईज क्लव (ईएस ए.बी.सी) लाई ५–४ को स्कोरले भुपु खेलाडीहरुको टिमले जित हासिल गरेको हो । ईएस ए.बी.सीको तर्फबाट कृष्ण थापाको कम्तानिमा टोली मैदानमा उत्रिएको थियो भने संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङको कप्तानिमा भुपु खेलाडीहरुको टोली मैदानमा उत्रिएको हो । विजयी खेलाडीहरुलाई प्रदेश नम्बर ४ का सांसद मोहन रेग्मी, नेपाल ओलम्पिक कमिटिका सदस्य, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङ, संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ, संघ कास्कीका अध्यक्ष ध्वज कुमार गुरुङ, निवर्तमान अध्यक्ष नेत्र बहादुर शेन, बगर भाईखलकका अध्यक्ष दिल बहादुर गुरुङ लगायतले प्रमाणपत्र तितरण गरेका हुन्।

यसैबिच कास्की जिल्ला बास्केटवल संघका संरक्षक कर्णेंल जेपी त्रसको ९५ औं जन्म दिनको अवसरमा केट काटेर शुभकामना आदन प्रदान गरी उनको जन्मोउत्सव मनाईएको संघ कास्कीका अध्यक्ष गुरुङले बताए ।

त्यसै गरी भोलि (सुक्रबार) पोखराको बुद्धचोकमा रहेको सोसियल पव्लिक स्कुलमा खेलकुद सम्बन्धि हाजिर जबाफ प्रतियोगिता हुने भएको बिद्यालयका प्रवन्ध निर्देशक खिम बहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button