खेलकुदलाई समृद्धीको आधार बनाउन जोड दिनु पर्छ – मुख्यमन्त्रि गुरुङ

पोखरा न्यूज -५, साउन ।

गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी सुब्बा गुरुङले खेलकुदलाई समृद्धीको आधार बनाउनु पर्ने कुरामा जोड दिएका छन ।

अखिल नेपाल फुटबल संघ एन्फाकोे गण्डकी प्रदेश स्तरिय अन्तरक्रिया तथा कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै मुख्य मन्त्रि गुरुङले खेलकुदको समृद्धी बाट नै राष्ट्रिय गौरवको महत्वलाई उठाउन सजिलो हुने बताउँदै भने –“फुटबलमा नेतृत्व परिवर्तन संगै नयाँ युगको प्रारम्भ भएको छ ।”

एन्फाको कार्यनिती, ग्रासरुट, विधान र नियामावलीका लागि सुझाब संकलन गर्न गरिएको गण्डकी प्रदेशमा भेला भएका विभिन्न एन्फाका जिल्ला पदाधिकारीहरुलाई सम्वोधन गर्दै आफ्नो नेतृत्वको सरकार बनेको ५ महिना सम्म हुँदा पनि खेलकुद बिकासका लागि उठाएको विषयका बारेमा कसैलै पनि चासो नदिएको बारे चिन्ता व्यक्त गर्दै भने– “खेलकुदको नेतृत्व गर्ने परिषद नै परिवर्तन भएको छैन ।”

मुलुकले नयाँ संबिधान प्राप्त गरेको यति लामो समय वितीसक्दा पनि खेलकुदमा कुनै परिवर्तन नआउनु दुख लाग्दो विषय भएको तर्फ इगिंत गर्दै मुख्य मन्त्रि गुरुङले भने –“खेलकुद नै नवुझेको खेलकुद मन्त्रि र परिवर्तन नचाहने खेलकुद परिषदका कारण खेलकुदमा आशतित सफलता प्राप्त भएको छैन ।” उनले प्रदेशका ८५ स्थानिय निकायमा एक खेल मैदान र प्रदेशमा एक अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने तर्फ सरकारले पहल थालेको समेत बताए ।

प्रदेश राजधानीका हिसावले पोखरा खेलकुदको हव बन्न सक्छ भन्ने कुरा राख्दै मुख्य मन्त्रि गुरुङले पोखरा कुनै पनि खेलको ‘न्युट्रल भेन्यु’को रुपमा स्थापित गर्न सकिने बताए । उनले खेलकुदले पर्यटन प्रवद्धनको जगलाई बलियो बनाउने सक्ने कुरालाई आत्मसात गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन पनि खेलकुदको विकास अपरिहार्य रहेको धाराणा राखे ।

पोखरा लामो समय देखि फुटबलको ‘होम ग्राउण्ड’ भए पनि संघै उपेक्षाका गरिएको तर्फ ध्यानकर्षण गराउँदै पोखरामा फुटबलको टेक्नीकल सेन्टर स्थापना गर्न एन्फालाई आग्रह गरे । उनले मुस्ताङ प्यारापिट सहितको फुटबल मैदानको निर्माण र मनाङमा फुटबल ट्रेनिङ सेन्टरलाई प्रमुखताका साथ अगाडी बढाइएको पनि बताए ।

कार्यक्रमलाई सम्वोधान गर्दै एन्फका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलकुद समाज परिवर्तनको सम्वाहक भए पनि भौतिक पूर्वाधारका कारण नेपालको फुटबल बिकास कमजोर भएको धाराणा राखे । उनले भौतिक पूर्वाधार निर्माण गर्न मुलुकका तिन तहका सरकारले पहल थाल्नु पर्ने कुरामा जोड दिए ।

अध्यक्ष शेर्पाले अब नेपाली फुटबलले नयाँ फड्को मार्ने दिशा तर्फ अगाडी वढेको बताउँदै योजनावद्ध ढङले एन्फाले आफ्ना कार्यक्रमहरु ल्याएको बताए । नेपाली फुटबल बिकासका लागि जग देखि नै बलियो बनाउन आधारभुत तह बाट नै सुरु भएको उनले उल्लेख गरे ।

सात प्रदेशमा १४ वटा टेक्निकल सेन्टर जस्तो महत्वकाक्षीं योजना प्रस्तुत गर्दै अध्यक्ष शेर्पाले नितिगत, प्रशासनिक र अर्थिक पारदर्शितालाई मुख्य जोड दिइने स्पष्ट पारे । उनले पोखरामा २० वर्ष अघि नै टेक्निकल सेन्टर हुनु पर्ने भए पनि त्यो हुन नसकेकोमा दु:ख व्यक्त गर्दै चाँडै नै टेक्निकल सेन्टरको स्थापना गरिने समेत बताए ।

कास्की जिल्ला फुटबल संघको संयोजनमा समपन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, सांसद मन बहादुर गुरुङ, सांसद विन्दु कुमार थापा, सांसद रामजी बराल, सांसद दिपक कोइराला र सांसद राजिब पाहारी लगाएतले अबको नेतृत्व परिवर्तन संगै फुटबलमा नविनता आउनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा सहभागी सांसदहरुले खेलकुद बिकासका लागि पाठ्यक्रममा पनि खेलकुद सम्वन्धी उल्लेख हुनुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button