पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवको सरसफाई

पोखरा न्यूज- १८, भदौ ।

पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवले सोमबार सरसफाई गरेको छ ।

सहारा क्लव पोखराले आफ्नो  २० औं बार्षिकोत्सवको पुर्व अवसरमा बसपार्क क्षेत्रमा सरसफाई गरेको हो  । क्लवले हरेक बर्ष आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आउने क्रममा यस बर्ष पनि निरन्तरता दिदै  कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

सत्य स्वर आमा समाज र पृथ्बी बसपार्क टोल विकास संस्थाको सहकार्यमा भएको सरसफाई कार्यक्रमबाट करिब दुइ गाडी फोहोर संकलन गरिएको कार्यक्रम संयोजक ज्योती केसीले जानकारी दिइन्। संकलित फोहोरको  ढुवानी  ब्यबस्थापन पोखरा महानगरपालिकाको गाडीले गरेको हो।

क्लवले यही भदौ २९ गते रक्तदानको कार्यक्रम राखेको अध्यक्ष थापाले जनाए । क्लबले यहि भदौ ३० गते साधारण सभाको कार्यक्रम तय गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button