पोखरा न्यूज – ०७, कार्तिक ।
पोखराको बागमारामा रहेको सेती रिभर साइड रिसोर्टका सञ्चालक सरोज अधिकारीको लेक लागेर मृत्यु भएको छ ।
गत शनिबार आफ्ना साथीहरु सहित ट्रेकिङको लागि मनाङको तिलिचो ताल तर्फ हिडेका अधिकारी लेक लागेर ढलेका थिए । लेक लागेर बेहोस भएका अधिकारीलाई बुधबार बिहान उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको थियो ।
अस्पताल ल्याउनसाथ् चेकजाँच गर्ने क्रममा डाक्टरले अधिकारीलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।