पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम निर्धारित मितिमै सम्पन्न गर्न नेपालको निर्देशन

१७ प्रतिशत काम सकिएको आयोजनाको दावी।

पोखरा न्यूज – १५, कार्तिक ।

पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको टोलीले  बिहिबार निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेको छ ।

अन्तराष्ट्रिय सम्बन्ध समिति एवम  पर्यटन तथा नागरिक उड्ययन अध्ययन अनुगमन उपसमितिका संयोजक समेत रहेका नेता नेपाललले  विमानस्थल अनुगमनपछि  तोकिएको मिति २०२१ जुलाईमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिए  । उनले  नेपालमा भौतिक पूर्वाधार निर्माणमा निकै ढिला  हुने गरेको बताउदै तोकिएकै मितिमा काम सम्पन्न गर्न नसक्नेहरुलाई सरकारले कडा कार्बाहि गर्ने बताए ।

“नेपालमा निर्माण भएका कुनै पनि बिमानस्थलको काम तोकिएको मितिमा सम्पन्न भएको छैन, निर्माणाधिन विमानसथल चाहे निजगढ, चाहे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन नहोस्, कुनै पनि काम सन्तोषजनक पाइएन । ” – उनले भने  ”काम नगर्ने जोकोही पनि पद वा जिम्मेवारीमा रहनु हुदैँन ।“ जिम्मेवारी वहन गर्न नसक्नेले पद वा कामको जिम्मा लिन नहुने उनको भनाई थियो । नेता नेपालले पोखरा विमानस्थलको काम भने सन्तोष जनक रहेको र आगामी दिनहरुमा  तिब्र गतिमा काम गर्नुपर्ने उल्लेख गरे ।

गण्डकी प्रदेशका उद्योग , पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताए । प्रदेश सरकारले विमानस्थलको कामलाई नजिकबाट नियालिरहेको  उनले बताए ।

निरिक्षण गर्न आएका नेपाललाई आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ प्रतिशत र २ अर्ब भन्दा बढी अर्थात् करिब १२ प्रतिशत बित्तिय प्रगति भएको जानकारी गराए ।

उनकाअनुसार जग्गा अधिग्रहण गर्दा अहिले सम्म मुआब्जामा मात्रै ३ अर्ब सकिएको छ । विमानस्थलआसपासको सडकका लागि ५० करोड खर्च भइसकेको छ ।

राष्ट्रिय गौरवको पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यतिबेला टर्मिनल भवनको जगहाल्ने, रनवे सम्याउने, ट्याक्सी वे, एप्रोन, नाला निर्माणको काम धमाधम भइरहेको छ । बिमानस्थल निर्माण पछी पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सिधा उडान हुनेछ ।

चीनको एक्जिम बैंकको करिब २२ अर्ब ऋण सहयोगमा २०७४ साउन १८ मा विमानस्थल निर्माणको काम सुरु भएको हो । १० जुलाई २०२१ भित्र निर्माण सकायर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख  छ ।

इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो ।

विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुने आयोजनाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button