प्याराग्लाइडिङको रेस्क्यू प्रशिक्षण पोखरामा सुरु

पोखरा न्यूज –०९, पुष ।

साहसिक खेल प्याराग्लाइडिङको टेक्निकल रोप रेस्क्यू कोर्षको प्रशिक्षण पोखरामा सुरु गरिएको छ ।

नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा) र रेस्क्यू थ्रि इन्टरनेश्नलको संयुक्त आयोजनामा पोखरामा पहिलो पटक उक्त कोर्ष संचालन गरिएको संघका महासचिव शैलेन्द्र रावतले बताए । उनले भने “यस अघि उक्त कोर्ष स्याङजाको स्वरेकमा हुदै आएकोमा प्रशिक्षार्थीहरुलाई बढी खर्चिलो तथा झन्झटीलो भएकोले पोखरामै उक्त कोर्षको प्रशिक्षण सुरु गरिएको हो । ” उनका अनुसार उक्त कोर्ष स्याङजामा गर्दा प्रति प्रशिक्षार्थी ५० हजार खर्च हुन्छ भने पोखरामा करिब ३० हजार मै गर्न सकिन्छ ।

रेस्क्य्रू थ्रि साउथ एसियनका क्षेत्रीय निर्देशक चन्द्र आलेले ५ दिने उक्त कोर्ष पोखराको फेवाताल शिरानभाग चंखपुर, सराङकोट लगायतको क्षेत्रमा व्यवहारिक ज्ञान सहितको प्राविधिक बिषय बस्तुको साथमा सैद्धान्तिक रुपमा प्रशिक्षण गराएका छन् । हावाको भरमा आकासमा उड्दा कुनै पनि समयमा जोखिम हुने हुदा त्यस्तो अबस्थामा पहिला आफु सुरक्षित भई अर्कोको उद्धारमा कसरी खटिने भन्ने बिषयमा प्याराग्लाईडिङ पाईटलहरुलाई उक्त कोर्षको प्रशिक्षण अनिवार्य आवश्यक भएको प्रशिक्षक आलेले जनाए ।

यसैबीच गण्डकी प्रदेशका सांसद राजीप पहारीले उक्त कोर्षको उद्घाटन गर्दै पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय तथा प्याराग्लाइडिङकोल गन्तव्य भएकोले यहाँको प्याराग्लाईडिङलाई अझ व्यवस्थित गर्नु पर्ने बताए । उनले भने “पोखरा आफैमा सुन्दर छ, यहाँ धेरै सहासिक गतिविधि गर्न सकिन्छ, रेस्क्यू कोर्ष उपयुक्त भएकोले यहाँ हुनुले प्रशिक्षार्थीहरुको लागि थप सुविधा हुने हामीले विश्वास लिएका छौं । ”

२ जना महिला सहित १५ जनाले टेण्डम फ्लाईडमा जानुपुर्व उक्त कोर्ष पुरा गर्न लागेका हुन् । प्याराग्लाडिङ प्रशिक्षण भने स्याङजाको स्वरेक मैदान र वन्दीपुरमा हुदै आएको छ भने हालै देखि धरान हुदै अब पोखरामा उक्त कोर्ष हुने भएको हो । विभिन्न स्थानमा गरी हाल प्याराग्लाईडिङका सोलो (सिकारु) पाईटल एक सय ५० जनाको हाराहारीमा रहेको संघले जनाएको छ । पोखरा क्षेत्रमा केन्द्रित हुने गरी करिब दुई सय जना बढी व्यावसायीक (टेण्डम) प्याराग्लाईडिङ पाईटलहरु रहेको
बताईन्छ ।

७ बर्ष देखि रेसेप्सनिष्ट भएकी पोखराकी रिता श्रेष्ठ प्याराग्लाडिङ पाईलट बन्ने सपना बोकेर हाल सोलो पाइलटको रुपमा प्रक्षिण गर्दैछन। एक बर्ष देखि प्रशिक्षणमा व्यबस्थ भएकी उनले आफ्ना श्रीमानको प्रेरणाले गर्दा आकासमा प्याराग्लाईडिङ गर्नै सपना पुरा हुने बताईन। त्यसै गरी पोखराका अर्को युवा उमेश थापा पनि प्याराग्लाईडिङ पाईलट बन्ने सपना वोकेर हाल प्याराग्लाईडिङ प्रशिक्षण गर्न व्यस्त छन। बिद्यालयमा पढ्दा देखि नै आकाशमा उडेका प्याराग्लाईडिङ देखेर दंग भएका उनी अन्य व्यक्तिलाई आकाशमा उडाउदै दंग पार्ने लक्ष्यका साथ प्याराग्लाइडिङ पाईटल बन्न लागेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button