पोखरा न्यूज – ०५, चैत । चर्चित गायक प्रमोद खरेलको चैत २२ गते पोखरामा एकल साँझ हुने भएको छ ।
एभन्यू ग्रुप अफ कर्मसको आयोजना र मिनिटरिङ पिस फाउण्डेसनको सह आयोजनामा यही चैत २२ गते शुक्रबार पोखरा सभागृहमा उक्त कार्यक्रम हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रमोद खरेलले एकल साँझ मार्फत करिब ३० वटा गितहरु प्रस्तुतः गर्ने भएको एभन्यू ग्रुप अफ कर्मसका प्रमुख कार्यकारी अधिकृत प्रदिप अधिकारीले बताए । कार्यक्रमको शुभारम्भ भने मिना निलौलाले दुई वटा गित गायर सुरु गर्ने भएकी हुन् । ११ जना बाध्य वादकले प्रमोद खरेललाई साथ दिने भएका हुन्।
प्रमोशनको लागि मात्र करिब ९ लाख खर्च सहित उक्त कार्यक्रम सम्पन्न गर्नको लागि २५ लाख खर्च लाग्ने भएकोे आयोजक संस्थाले जनाएको छ । रसायन शास्त्रमा स्नातकोत्तर गरेका गायक खरेलले सुगम संगीतसंगै फिल्मी पाश्र्वगायन, लोकपप गीतमा उतिकै रुचि राख्छन्।
याद गर्न पनि कोहि न कोहि त चाहिदो रहेछ……,डुबायो पापी मायाले…., मलाई जस्ले पनि किन रुवाउँछ… लगायतका चर्चीत गित गायक खरेलले प्रस्तुत गर्ने भएका छन्। हाँस्य व्यङग्य कलाकार मनोज गजुरेल, अभिनेत्री केकी अधिकारी लगायतका कलाकारले साथ दिने भएकाछन्।
उक्त कार्यक्रमको प्रवेश शुल्क २ सय र ५ सय रुपैया रहेको मन क्षत्रीले बताए । चलचित्र पत्रकार संघ, कास्कीका अध्यक्ष रेम बिकको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमको व्याबस्थापनको जिम्मा बार्दली मिडिया प्रा.लि.ले गरेको छ ।