समाचार प्रभावः पन्थीको खातामा ५० लाख

१० दिन भित्रमै बाँकी रकम समेत मिलाउने कसरत

पोखरा न्यूज – २१, चैत । पन्थी डेरी प्रा.लि.को  रकम कैलाश विकास बैंक लामाचौर शाखाबाट विभिन्न कारणले हिनामिना भएको भनिएको  रकम अन्ततः पन्थी डेरी खाता संचालक मध्यका एक निशा पन्थीको व्यक्तिगत खातामा रकम आउन थालेको छ ।

हिनामिना भएको भनिएको पन्थी इन्डष्ट्रिज अन्र्तगत पन्थी डेरी प्रा.लि.को रकम  केही महिना पछि पोखरा लेकसाइडका कमल बहादुर पहारीले कम्पनीको खाता संचालक मध्यका एक निशा पन्थीको व्यत्तिगत खातामा रकम हाल्न थालेका हुन्।  पन्थी डेरीको रकम सापटको रुपमा चलाएका लेकसाइड निवासी देब बहादुर पहारीका छोरा २६ बर्षीय कमल पहारीले निशाको खातामा ५० लाख रुपैया हालेका हुन् । उनले  गत विहिबार १० लाख र सोमबार ४० लाख गरी ५० लाख रुपैया खातामा राखेको बैंकले जनाएको छ ।

यस अघि पोखरा न्यूज डटकमले कैलाश विकास बैंक लामाचौर का कर्मचारीद्धारा करोड भन्दा बढी रकम ठगि गरेको आरोप सम्बन्धि समाचार प्रकाशन गरेसंगै बैंक, कमल पहारी र पन्थी परिवारसंगको पटक पटक वार्ता र छलफल पछि उक्त रकम पहारीले निशाको व्यक्तिगत खातामा राख्न थालेका हुन्। पहारीले एक करोड १५ लाख निशा मार्फत लिएको भनि आगामी भदौं १५ भित्रमा उक्त रकम दिने गरी लिखितम कागज समेत गरेको भेटिएको  छ। बैंकका तत्कालिन शाखा प्रमुख नरेन्द्र थापा मिलेमतो रहेको भन्ने आरोप संगै थापालाई निलम्बन गरेको बैंकले  आफ्नो जोडबलमा पहारीलाई दवाब दिदै पन्थीको खातामा पैसा हाल्न लगाएको हो ।

पन्थी इन्ड्रष्टिजका संचालक रेशमराज पन्थीले उक्त रकम कमल पहारीले निशाको व्यक्तिगत खातामा नहाली कम्पनिको खातामा हाल्नुपर्ने  बताएका छन्  । उनले बैंकले लिखत पत्र सहित उक्त रकम चलाउन मिल्ने पत्र नदिएसम्म आफुहरुले उक्त रकम नचलाउने समेत बताए ।

उनकी छोरी निशाले तत्कालिन साखा प्रमुख नरेन्द्र र  कमल पहारीबाट दबाबमा परेर आफुले  केही समयको सिमा राखेर लिखितम कागज गर्न बाध्य भएको गुनासो गरिन। उनले भनिन “ उक्त रकम कमलले तत्कालित बैंकका शाखा प्रमुख नरेन्द्र थापाको मिलेमतोमा हिनामिना गरेकोले, हामीलाई हाम्रो जुन कम्पनी मार्फत रकम गएको छ, त्यो यही ढंगबाट रकम आउनु पर्छ अन्यथा मेरो व्यक्तिगत खातामा आएको पैसा मैले र हाम्रो कम्पनीले चलाउदैनौं । ” उनले आफुहरुले पाउनु पर्ने सवै रकम एक मुष्ट आएमा मात्र चलाउन सक्ने अन्यथा आफुहरु माथि कुनै जालझेल हुन सक्ने आशंका गरेकी छन्।

कैलाश विकास बैंक लामाचौर शाखाका तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाको मिलेमतोमा कमल पहारीले पन्थी डेरीको एक करोड १५ लाख रुपैया हिनामिना गरेको पन्थी इन्ड्रष्टिजका संचालक रेशमराज पन्थीले आरोप लगाउदै आएकाछन्। उनले भने “ कैशाल विकास बैंक लामाचौर शाखाका तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाले घुमाउरो बाटोबाट मेरो छोरीलाई प्रयोग गरी कम्पनीको एक करोड १५ लाख भन्दा बढी रकम विभिन्न व्यक्ति तथा संस्थाहरुलाई चेक मार्फत रकम दिएको हो हामीलाई सोहीअनुसार पैसा फिर्ता हुनुपर्छ । ”

यस बिषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले पन्थी डेरीको रकम सापट भन्दै  कमल पहारीले चलाएकोले उनलाई उक्त रकम फिर्ता गराउन पहल भइरहेको बताए । नेपाल राष्ट्र बैंक सहितको उपस्थितीमा  संचालक रेशमराज पन्थीसंग पटक पटक छलफल भई कमल पहारीलाई रकम फिर्ता गर्न आग्रह गरे अनुरुप हालसम्म ५० लाख रुपैया पन्थी परिवारमा गएको उनले बताए । व्यक्तिगत खाताको रकम चलाउन नमाने निशाले उक्त रकम बराबरको चेक काटेर दिएमा कम्पनीकै खातामा राख्न बैंक तयार रहेको श्रेष्ठले जनाए । पन्थी परिवार व्यक्तिगत रुपमा आएको खाताको रकम चलाउन हच्किए पनि बैंक पक्षबाट आगामी १० दिन भित्रमा उक्त रकम सम्बन्धित व्यक्तिबाट चुक्ता गराउने कसरतमा बैंक लागेको छ ।

आफ्ना कर्मचारी नरेन्द्र थापाको बिषयमा हाल अनुसन्धान भईरहेको सिइओ श्रेष्ठले बताए । बैंकका तत्कालिन कर्मचारी नरेन्द्र थापा हालसम्म निलम्वनमा रहेकाछन। यसै बिषयमा भने तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाले पन्थीको रकम आफुले हिनामिना नगरेको बताउदै आएका छन् । निशा पन्थीले कम्पनीको उक्त रकम कमल पहारीसंगको मिलेमतोमा चलाएको उल्टो आरोप लगाएका छन्  । आफुले कुनै रकम हिनाहिना गरेको पुष्टि भएमा कारवाही भोग्न तयार रहेको  उनले दोहोर्याएका छन्  ।

यो पनि पढ्नुहोस् :-

कैलाश विकास बैंक लामाचौरका कर्मचारीद्धारा करोड भन्दा बढी रकम ठगि गरेको आरोप

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Dear Writer, I really appreciate about the news and your work for spreading news all over Pokhara and the entire nation. Tara kunai pani person ko nam leknu agi I think you should write more details about him. Mero vinaju ko nam pani Kamal Pahari nai ra waha ko ghar pani lakeside and news is not related to him. Please make sure that there can be other people with the same name and may problems in their lives because of your news. News lekhi sake pachi sayed purai khulera information dida rmaro hunthyo ki. ek choti bichar garidinu hola.

    Thank you very much

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button