युरोपा लिगमा युनाइटेड, एएस रोमा, आर्सनल र सेभियाको जीत

पोखरा न्यूज- ०३, असोज । युरोपा लिग अन्तर्गतका खेलहरुमा म्यान्चेस्टर युनाइटेड, एएस रोमा, आर्सनल र सेभियाले जीत निकालेका छन् ।

हिजो राती भएको खेलहरुमा युनाइटेडले एस्टाना माथि १-० को जीत दर्ता गर्दा रोमाले इस्तानबुललाई ४-०, आर्सनलले इन्ट्र्याक्टलाई तथा सेभियाले काराबागलाई समान ३-० गोलअन्तरले पराजित गरे ।

त्यस्तै अन्य खेलहरुमा क्लुजले लाजियोलाई २-१ ले, लास्कले रोजेनबर्गलाई १-०, गेटाफेले ट्राबजोनस्पोरलाई १-०, पिएस्भी आइन्डहोभनले स्पोर्टिङलाई ३-२ तथा डुडल्याङ्गले एपोल निकोसियालाई ४-३ गोल अन्तरले पाखा लगाए ।

हिजै भएको खेलमा जर्मनीको वुल्फ्सवर्गले जर्मनीकै मुन्चेनग्लाडबाकलाई ४-० ले हराउँदा स्पेनका इस्प्यानियोल र सेल्टिकले फेरेन्कभारोस तथा रेन्नेससँग १-१ को बराबरीमा चित्त बुझाए । त्यस्तै डाएनामो किभले माल्मोलाई तथा ब्रागले वुल्भ्सलाई पनि समान १-० गोल अन्तरले पराजित गरे ।

लिगचरण अन्तर्गत नै तेस्रो राउण्डको खेलहरु अक्टोबर ३ र ४ तारिखमा हुनेछ । पिएस्भी आइन्डहोभनले स्पोर्टिङलाई ३-२ तथा डुडल्याङ्गले एपोल निकोसियालाई ४-३ गोल अन्तरले पाखा लगाए ।

हिजै भएको खेलमा जर्मनीको वुल्फ्सवर्गले जर्मनीकै मुन्चेनग्लाडबाकलाई ४-० ले हराउँदा स्पेनका इस्प्यानियोल र सेल्टिकले फेरेन्कभारोस तथा रेन्नेससँग १-१ को बराबरीमा चित्त बुझाए । त्यस्तै डाएनामो किभले माल्मोलाई तथा ब्रागले वुल्भ्सलाई पनि समान १-० गोल अन्तरले पराजित गरे ।

लिगचरण अन्तर्गत नै तेस्रो राउण्डको खेलहरु अक्टोबर ३ र ४ तारिखमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button