दशैँपछि सुनचाँदीको मुल्य घट्यो

पोखरा न्यूज -२४, असोज । दशैँ सकिएसँगै सुनचाँदीको मुल्य घटेको छ । दशैँको बिदाभरी स्थिर रहेको सुनचाँदीको मुल्यमा बजार खुलेसँगै गिरावट आएको हो ।

शुक्रबार छापावाल सुन तोला ७० हजार ४ सय  र तेजावी सुन ७० हजार १ सय  रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

दशैँ अघि छापावाल सुनको मूल्य ७० हजार ९ सय  रुपैयाँ कायम भएको थियो । यसरी सुनको मुल्यमा ५ सय  रुपैयाँले गिरावट आउँदा चाँदीको मुल्य पनि ५ रुपैयाँ घटेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button