सुन तोलाको ५ सयले बढ्यो

पोखरा न्यूज – १३ , माघ ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५ सय पुगेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३ सयले बढेर छापावाला सुन प्रतितोला रु ७५ हजार ५ सय र तेजाबी सुन प्रतितोला रु ७५ हजार २ सयमा खरिद बिक्री भएको थियो ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९ सय निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सय पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button