पोखरामा चैत्र १९ गते शक्ति र गृहलक्ष्मीको ग्यास वितरण हुने – विवरण सहित

  • पोखरा न्यूज
  • २०७२ चैत्र १८
Post Thumbnail

पोखरा, १८ चैत्र –

पोखरामा मिति २०७२।१२ ।१९ गते  शक्ति र गृहलक्ष्मीको खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार कास्की जिल्लाको पोखरा क्षेत्रमा रहेका ग्याँसका ३५ ओटा बिक्रेताबाट शक्ति र २७ ओटा बिक्रेताबाट गृहलक्ष्मीकोपुरा ग्याँस सिलिण्डर वितरण हुने भएको हो ।

         

                                    पोखरामा शुक्रबार शक्तिको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-

shakti

shakti gas 2

shakti gas 3

shakti gas 4

                                पोखरामा शुक्रबार गृहलक्ष्मीको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-

laxmi 1

laxmi 2

साथै सम्बन्धित विक्रेताहरुबाट प्राप्त जानकारी अनुसार रुश्री ट्रेडर्स जरेवर तथा निजको सवडिलरहरुबाट ३१५ थान र कोने गुरुङ सप्लायर्स तथा निजको सवडिलरहरुबाट २५५ थान १४.२ के.जी. को एच.पी. ग्यासँ वितरण हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.१४००।– (चौधसय) तिरी १४.२ के.जी. को ग्याँस सिलिण्डर पाउने छन  । ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ  ।

ग्यास  वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने   प्रशासनले जनाएको  छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस