तीनवटा स्वास्थ्य चौकीका भवन निर्माण

बाबियाचौर (म्याग्दी), २५ जेठ –

म्याग्दीको ज्यामरुककोट, लुलाङ र सिंगा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भएका छन् । सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले भूकम्प प्रतिरोधात्मक क्षमता भएका अपाङ्गमैत्री भवन निर्माण गरेको हो ।

ज्यामरुककोट, लुलाङ र सिंगा स्वास्थ्य चौकीको भवन निर्माण गर्न क्रमशः रु एक करोड १९ लाख ४० हजार २४७, रु एक करोड ५० लाख र रु एक करोड १५ लाख लगानी भएको कार्यालयका इञ्जिनियर तेजेन्द्र पौडेलले जानकारी दिनुभयो । उन्नाइसवटा कोठा भएको नयाँ भवनमा १५ जनासम्म बिरामीलाई राखेर उपचार गर्न सक्ने क्षमता रहेको छ । दुईतले भवनमा इमर्जेन्सी कक्ष, श्यया, प्रशासनिक कक्षका साथै कर्मचारीको आवास र तालिम हलका लागि छुट्टाछुट्टै कोठा रहेका छन् ।

भवन डिभिजन कार्यालयले गत हप्ता जिल्ला स्वास्थ्य कार्यालयलाई भवन हस्तान्तरण गरेपछि नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको छ । १८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित आव २०६८- ६९ मा सुरु भएको थियो । ठेकेदारको लापर्बाहीका कारण दुई वर्ष ढिला गरी भवन निर्माण भएको हो । इञ्जिनियर पौडेलका अनुसार अनुसार आव २०६९-७० मा निर्माण सुरु भएको बेनीस्थित जिल्ला स्वास्थ्य कार्यालयको भवन निर्माणकार्य पनि समयमै पूरा हुन सकेको छैन । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत यस वर्ष देवीस्थान, बिम, भगवती र देवीस्थानस्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माणकार्य सुरु भएको छ ।

राम्चेको स्वास्थ्य चौकी र भगवतीमा आर्युवेद औषधालयको भवन निर्माणाधीन अवस्थामा रहेको छ । यस वर्ष जिल्ला अस्पतालको ५० श्यया क्षमताको भवन निर्माण गर्न प्रक्रिया अघि बढेको छ ।

यसअघि भुरुङ तातोपानी, दरवाङ, अर्मन, ताकम र मराङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको थियो । म्याग्दीका ४१ मध्ये अझै १५ वटा स्वास्थ्य संस्थाका आफ्नै भवन छैनन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button