पथरी (मोरङ), २८ जेठ –
मोरङको दक्षिणी गाविस महादेवाका विपन्न समुदायलाई सोलार बत्ती वितरण गरिएको छ ।
जिविस मोरङ, गिरिजाप्रसाद कोइराला फाउन्डेसन र उपभोक्ता समितिको संयुक्त सहयोगमा महादेवा गाविसका गरिब, दलित तथा विपन्न वर्गलाई सोलार वितरण गरिएको हो ।
महादेवामा बिहीबार आयोजित कार्यक्रममा नेपाली काँग्रेस नेत्री एवम् जिपी फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले रु तीन लाख ७६ हजार मूल्य बराबरको सोलार ४० घरपरिवारलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नेत्री कोइरालाले काँग्रेसले जहिले पनि गरिब र विपन्नको आर्थिक उन्नतिका लागि काम गरेको बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution