मानवअधिकार चलचित्र महोत्सव आजबाट सुरु

काठमाडौँ, २८ जेठ –

चलचित्रलाई व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न सामाजिक र सांस्कृतिक परिवर्तनको अभियानको रुपमा विकास गर्नपर्ने उद्देश्यका साथ नेपालमा तीनदिने चौथो नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजबाट हुँदैछ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा आजदेखि ३० गतेसम्म ललितपुरको स्टाफ कलेजमा सञ्चालन हुँदैछ । महोत्सवमा उत्पीडित, न्यायको अनुभूति गर्न नपाएका समुदायको आवाज मुखरित गर्न नसकेको परिपे्रक्ष्यमा विश्वभरि निर्माण गरिएका चलचित्रको प्रदर्शनी गरिने बताइएको छ ।महोत्सवका निर्देशक पाण्डव खत्री पौडेलले मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्न पाउनुपर्छ भन्ने मान्यता बोकेर निर्माण गरिएका चलचित्र महोत्सवमा प्रदर्शन गरिने जानकारी दिनुभयो ।

महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अष्ट्रेलिया, कम्बोडिया, अमेरिकालगायतका १३ देशका ३२ वटा चलचित्र प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यीमध्ये प्रतियोगितातर्फ पाँचवटा नेपाली चलचित्रसहित ३२ वटा चलचित्र रहनेछन् ।

त्यसैगरी नेपाल कर्नरअन्तर्गत चारवटा र ‘अतितका आँखा’, अन्तर्गत मोहन मैनालीको जोगीमाराका जिउँदा र धु्रव बस्नेतको ‘रक्ताम्य गरा’ प्रदर्शन गरिने छन् । पोडेलका अनुसार विशेष प्रदर्शनीमा पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, र श्रीलङ्काका चलचित्र प्रदर्शन गरिने छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button