चितवन, ३० जेठ –
नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ ।
सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ४ः३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो । जलवीरेदेखि कालीखोलासम्मको पाँच किलोमिटर भागमा सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये जलवीरेमा ठूलो पहिरो खसेको खनालले बताउनुभयो ।
पहिरो पन्छाउने काम बिहानबाट सुरु भएको बताउँदै उहाँले पहिरो धेरै खसेकाले कम्तीमा दुई घन्टा सडक सञ्चालन गर्न समय लाग्नेसमेत बताउनुभयो । जलवीरे नारायणगढबाट मुग्लिनतर्फ ३२ किमी दूरीमा पर्दछ । सो क्षेत्रमा सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ । काटिएको भित्तो वर्षात्का कारण झर्ने भएकाले पटक पटक पहिरो खस्ने गरेको छ । पहिरोका कारण सडकको दुवैतर्फ गाडीको लाम लागेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution