खजुरा (बाँके), ३० जेठ –
यस वर्ष जिल्लामा खाद्यान्न अपुग हुने भएको छ ।
गत वर्षको तुलनामा १० हजार मेट्रिक टन उत्पादन घटेको तथा खपत बढेका कारण जिल्लामा चार हजार ४५१ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको हो । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत जीवनकुमार केसीले खडेरीका कारण खाद्यान्न उत्पादनमा कमी आएको बताउनुभयो । गत वर्ष जिल्लामा सात हजार २९३ मेट्रिक टन खाद्यान्न बचत भएको थियो ।
जिल्लाको पाँच लाख २७ हजार जनसङ्ख्यालाई वार्षिक ९७ हजार ८५३ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । तर जिल्लामा उत्पादन ९३ हजार ४०२ मेट्रिक टन मात्र रहेको छ । यस वर्ष धान, गहुँ र मकैको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution