काठमाडौँ, ३० जेठ –
नयाँ शक्ति नेपालले पार्टी स्थापनाको औपचारिक घोषणा गरेको छ ।
स्थानीय दशरथ रङ्गशालामा आयोजित एक समारोहका बीच नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टी सदस्यलाई सपथ खुवाउँदै नयाँ शक्ति घोषणा गर्नुभएको हो ।
पार्टी घोषणा कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का नेता कृष्णबहादुर महरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा तथा भारत, चीन, बङ्गलादेश सहित विभिन्न अन्तर्राष्ट्रिय निकाय प्रतिनिधिको सहभागिता छ ।
त्यसैगरी नागरिक समाज, मानवअधिकारकर्मी, व्यवसायी, पत्रकार आदिको पनि उपस्थिति छ । उद्घाटनअघि विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । माओवादी केन्द्रका नेता महरा, नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षित, नयाँ शक्तिका रामचन्द्र झा लगायतले सम्बोधन गर्दै नयाँ शक्तिले देशको आर्थिक समृद्धिको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । विस्तृत समाचार पछि आउने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution