पोखरा, ३० जेठ –
दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धर शनिवार हङकङमा सम्मानित भएका छन । मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन समारोहमा सम्मान गरेको हो ।
हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई सम्मान पत्रको साथमा खादा सहित मायाको चिनो प्रदान गरी सम्मान गरेका हुन । त्यसैगरी सोही अवसरमा नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तर्रा्ष्ट्रिय बक्सर नामसिंह थापा मगरलाई समेत सम्मान गरिएको छ। क्लवका सल्लाहकार एवं एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक याम गुरुङले थापा मगरलाई खादा लगायर सम्मान गरेका हुन्। क्लवका अध्यक्ष दीपक गुरुङले सम्मानित दुबैलाई सम्मानपत्र प्रदान गरेका थिए।
मानन्धर सन १९८४ काठमाण्डौ ,१९८५ ढाका,१९८६ कोलकता दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुनतर्फ स्वर्ण पदक विजेता हुन्। उनको दक्षिण एशियाली म्याराथनको समयमा कीर्तिमान उनको नाममा छ । नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तर्रा्ष्ट्रिय बक्सर थापा मगर पूर्वबेलायती गोर्खा सैनिक पनि हुन्। उनी हङकङमै बसोबास गर्छन् । यसै बिच केहि दिन अघि सहारा क्लव पोखराले म्याराथन धावक मानन्धरलाई पोखराबाट विदाई गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution