जुम्ला, ३१ जेठ –
यहाँको मालिकाबोता गाविस–९ स्थित साना जल विद्युत् आयोजनाअन्तर्गत बनेको विद्युत्गृह पहिरोका कारण क्षतिग्रस्त भएको छ ।
पहिरो तीन दिनअघि राति १२ बजेतिर गएको र त्यसले सिङ्गो विद्युत्गृहमा नै क्षति पु¥याएको स्थानीय शेरबहादुर रावतले जानकारी दिनुभयो । पहिरो गएबाट अहिले मालिकाबोता गाविस नै अन्धकारमय भएको रावतको भनाइ छ । पहिरोले विद्युत् सेवा नै बन्द गरेपछि स्थानीयवासी मर्कामा छन् । विद्युत्ले गर्दा स्थानीयस्तरमा सञ्चालनमा आएका सबैखाले साना उद्योग तथा अन्य काम बन्द अवस्थामा रहेका छन् ।
यो सेवाबाट हाल ३५० घरधुरीका एक हजार ८०० जनता अध्यारोमा बस्न बाध्य भएका छन् । २५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना २०४६ सालमा रु २९ लाखको लागतमा निर्माण गरिएको थियो ।
क्षतिग्रस्त विद्युत् निर्माणका लागि जिल्लास्थित सबै सरोकारवालाको ध्यानाकर्षण गरिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution