वर्तमान सरकार विघटन गर्न मोर्चाले समर्थन गर्ने

काठमाडौँ, २९ असार –

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मोर्चाका संयोजक समेत रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका–संसद भवन नयाँबानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने र नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको जानकारी दिनुभयो ।

नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्यसले सरकारलाई सहयोग गर्ने र सहभागी हुने आधार तय गर्छ उहाँले भन्नुभयो ।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले मङ्गलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको परिस्थितिका बारेमा प्रमुख दलहरुबीच छलफल जारी छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button