पोखरामा च्याङग्रां सहित खसि वोका अभाव

पोखरा-
दशैं पर्वको महाअष्टमीको दिनमै पोखरामा लक्षित गरी ल्याईएका च्याङग्रा सहित खसि वोका विक्रि भए पनि हाल बजारमा अभाव भएको छ ।

यस बर्ष दशैं पर्वलाई लक्षित गरी पोखरामा करीब १६ हजार भेडा च्याङग्रा भित्रिएका थिए भने ९ हजार खसि वोका भित्रिएका हुन । महाअष्टमीको दिनमै पोखरामा लक्षित गरी ल्याएका भेडा च्याङग्रा सहित खसि वोका विक्रि भए पछि नवमीको दिनमा पोखरामा केहि उपभोक्ताहरुले च्याङग्रा सहित खसि वोका समेत किन्न नपाएको गुनासो गरेका छन। पोखरा २५ का महादेव बराल सहितको एक टिम पोखरामा भेडा च्याङग्रा लिन भनी बिहानै पोखरा बजारमा झरे पनि बजामरा च्याङग्रा सहित खुिस वोका नभेटे पछि रित्तो हात घर फर्किएका थिए । बराल जस्ता धेरै उपभोक्ताहरु रिक्तो हात फर्किन बाध्य भए । च्याङग्रा व्यवसायीबाट मासु पसलेहरुले २२ हजारमा लियर ३० हजारसम्म विक्रि गर्ने गरेका छन ।

च्याङग्रा व्यवसायी नुरबु लामाले यस बर्ष करीब २० लाख मुल्य बराबरका एक सय वटा च्याङग्रा पोखरामा भित्राएका भए पनि दुई दिनमै च्याङग्रा विक्रि भएको बताए ।हमाली भेगमा बहुमुल्य जडिबुटी खाएर हुर्किएका भेडा च्याङग्राको मासु स्वास्थ्यको लागि पनि निकै राम्रो हुने भएकाले पनि आम उपवभोक्ताहरुले बर्षमा भेडा च्याङग्राको मासु खाने गरेको पाईन्छ ।

पोखरा क्षेत्रमा दशैं पर्वको दुई दिन अघि नै खसि वोका विक्रि भएको पोखरा खसि वोका व्यवसायी समितिका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले बताए । उनले भने“ यस बर्ष भेडा च्याङग्रा धेरै आउलान र खसि वोका कम विक्रि होला भन्ने अनुमान गरी हामीले ९ हजार मात्र खसि वोका विक्रि गर्ने योजना बनाए पनि बढी खपत भएकोले अष्टमीकै दिनमा खसि वोका विक्रि भएको हो । ” दशैं पर्वमा अघिल्लो बर्ष ६ हजार ५ सय खसि वोका विक्रि हुन मुस्कील परेको बताएका उनले यस बर्ष धेरै खसिवोका विक्रि हुनु पोखरामा मासु खानेको सङख्यामासमेत बृद्धि भएको बताए । हाल पोखरा क्षेत्रमा तयारी खसि वोको प्रति केजी मासुको मुल्य ८ सय ४० रहेको छ । तनहुँ, पाल्पा, सुर्खेत, नेपाल गन्ज, दाङ, बर्दीया, धनगढी, जाजरकोट, दैलेख लगायतको क्षेत्रबाट पोखरामा खसि वोका आउन थालेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button