पोखरा –
नेपाल ह्याण्डवल संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा पोखरामा आज (मंगलबार) देखि ह्याण्डवल खेलको ओलम्पिक सोलीडारीटी टेक्निकल कोर्ष सुरु भएको छ ।
सिनियर स्तरको उक्त प्रशिक्षण पोेखरामा एक सातासम्म संचालन हुने भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङले बताए । उनका अनुसार प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषदका ह्याण्डवल खेलका प्रशिक्षक, नेपाल आर्मी, सशस्त्र प्रहरी वलको एपिएफ, उदयपुर ह्याण्डवल एकेडेमीका प्रशिक्षक सहित विभिन्न जिल्लाका प्रशिक्षकहरुको गरी २१ जनाको सहभागिता रहेको छ । ह्याण्डवल खेलको विकास गराउने उद्धेश्यले अन्तराष्ट्रिय ह्याण्डवल महासंघका प्रशिक्षक चेक रिपव्लिक नागरीक डा.फेन्टीसेक ट्यावरोस्कीले पोखरामा हुने उक्त कोर्षमा प्रशिक्षण गराउने भएको अध्यक्ष गुरुङले जनाए ।
यसै बिच उक्त कोर्षको मंगलबार एक समारोहका विच नेपाल ओलम्पिक कमिटिका अध्यक्षजिवनराम श्रेष्ठले उद्घाटन गर्दै खेलकुदको विकासको लागि समय समयमा यस्तो प्रकारको प्राविधिक प्रशिक्षण आवश्यक भएको बताए । खेलकुदको विकास संगै प्रतिष्ठा माथि उठाउन आफुहरुले खोजेको बताएका श्रेष्ठले खेलकुदको विकास गर्न खेलकुदको पुर्वाधार निमार्ण देखि खेलाडी, प्रशिक्षक, रेफ्रिसहितको राम्रो तालमेल मिल्नु पर्नेमा जोड दिए । नेपालले पदक ल्याउनको लागि खेलाडीहरुको मनोवल माथि उठाउने गरी प्रशिक्षण आवश्यक भएका बताएका श्रेष्ठले नयाँ पुस्ताले खेलकुदमा कम चासो दिएको बताए । १० वटा सक्रिय खेलसंघहरु मध्य यस्तो तालिम ह्याण्डवलले पाएको बताउदै उनले मोफसलको व्यक्तिले नेतृत्व गरेको ह्याण्डवल खेलको अन्य संघहरु भन्दा सक्रिय नै भएको बताए। अन्तराष्ट्रिय ह्याण्डवल महासंघका प्रशिक्षक डा.फेन्टीसेक ट्यावरोस्कीले नेपाल प्राकृतिक सौन्दयता, हिमाल, वन जंगल लगायतले गर्दा अति रमणिय भएसंगै यहाँको पर्यटन सहित खेल गतिविधिको राम्रो सम्भावना भएको बताए।
संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका तेज गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन सत्रमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, संघका उपाध्यक्ष मोहन रेग्मी,सचिव केशव पाठक लगायतले ह्याण्डवल खेलको बारेमा चर्चा गरेका थिए।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution