पोखरा भेट्रान बास्केटबल प्रतियोगिताको तयारी पुरा, आठ टिम भिड्ने

पोखरा –

कास्की जिल्ला बास्केटबल संघले आयोजना गरेको ४० वर्ष भन्दा माथीको पोखरा भेट्रान खुल्ला पुरुष बास्केटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।

नेपालमा नै पहिलो पटक आयोजना भएको प्रतियोगिताको उद्घाटन खेल विहिवार एक बजे पोखरा रंगशालामा गरिने प्रतियोगिताका संयोजक नारायण शर्माले जानकारी दिए । प्रतियोगिताको उद्घाटन नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले गर्ने संयोजक शर्माले वताए ।

vetrance-basketball

आयोजक कास्की जिल्ला बास्केटबल संघ सहित काठमाडौ, ललितपुर, तनहुँ, पर्वत जिल्ला बास्केटबल संघ हरुको एक–एक टिम र पश्चिमाञ्चल भुपु शैनिक खेलकुद संघ र पुन समाज कास्कीको प्रतियोगितामा सहभागिता रहनेछ । लिग कम नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको विजेता टिमले नगद ४० हजार ४ सय ४४ र उपविजेताले नगद २५ हजार ५ सय २५ प्राप्त गर्ने छन । प्रतियोगितामा अनुशासित टिम, हाइस्कोरर र वेष्ट प्लेयरलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

basketball

कात्र्तिक ६ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा आठ लाख खर्च लाग्ने भएको छ । प्रयिोगितालाई पाथीभरा ओभरसिज प्रालीले मुख्य प्रायोजन गरेको छ । उदघाटन खेल कास्की जिल्ला बास्केटवल संघ र स्याङ्गजा जिल्ला बास्केटबल संघका विच हुनेछ । बास्केटवल कोर्टमा दर्शकहरुको सुविधाका लागि प्याराफिट समेत बनाइएको छ । कात्र्तिक ६ गते हुने समापनमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष
लामा टेन्डी शेर्पा उपस्थित रहने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button