पोखरामा एक बर्ष देखि बिग्रेका सोलार लाइटको मर्मत कार्य न्युरोडबाट सुरु

पोखरा –

पोखराको लेकसाइड क्षेत्रमा एक बर्ष देखि बिग्रेका सीसी क्यामरा विस्थापन गरी नयाँ जडान

विगत एक बर्ष देखि विग्रेर अलपत्र अबस्थामा रहेका पोखरा लेकसाईडका सीसी क्यामरा हाल उक्त स्थानमा पुरानालाई विस्थापन गरी नयाँ सीसी क्यामरा जडान गरीएको छ ।

पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईडमा शान्ति सुरक्षा कायम गरी पर्यटन प्रवद्र्धन गर्नुका साथै रातिको समयमा हुने विकृति विसङगतीलाई न्युनीकरण गर्न पनि हाल लेकसाईड क्षेत्रमा सीसी क्मरा जडान गरीएको रेवान पोखराका निवर्तमान अध्यक्ष तथा लेकसाईड सीसी क्यामरा तथा सोलारलाईट उपभोक्ता समितिका संयोजक गोपि बहादुर भट्टराईले बताए । उनले भने “ आउदै गरेको शुभदिपावली पर्वको अवसरमा लेकसाईड क्षेत्रमा हाल १४ वटा सीसी क्यामरा जडान गरीएको छ, यसको कन्ट्रोल रुम वडा प्रहरी कार्यालयमा रहेको छ, आवश्यकता अनुसार पछि पुनः सीसी क्यामरा थप गर्न सकिन्छ । ”

solar-lights

लेकसाईडका मुख्य बाराहीचोक, हल्लनचोक, खहरेचोक र जरेवरमा गरी चार स्थानमा तीन सय डिग्रिमा हेर्न मिल्ने उच्च प्रविधिको बीटी जेट सीसी क्यामरा जडान गरीएको समेत उनले जनाए । चौवीसै घण्टा सडकमा हुने गतिविधिलाई निगरानि गर्न स्थानीय स्तरबाट यस बर्ष करीब १४ लाखको लागतमा उक्त सीसी क्यामरा जडान गरीएको संयोजक भट्टराईले बताए । पोखरा पर्यटन परिषदको नेतृत्वमा करीब दुई बर्ष अघि लेकसाईडमा १ सय १ वटा सोलारलाईट र १२ वटा सीसी क्यामरा जडान भए पनि समयमै मर्मत नहुदा विगत एक बर्ष देखि विग्रेका सीसी क्यामरा हाल स्थानीय स्तरबाटै नयाँ सीसी क्यामरा जडान गरीएको भट्टराईले बताए ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणि अधिकारीले पोखराको लेकसाईड क्षेत्रमा सोलारलाईट सहित सीसी.क्यामराले काम नगर्दा रातिको समयमा आफुहरुलाई शान्ति सुरक्षा कायम गर्न कठिन भएको बताए । पछिल्लो क्रममा लेकसाईड क्षेत्रमा सीसी क्यामरा जडान भएकोले रातिको समयमा हुने विकिृति विसङगतीलाई नियन्त्रण गर्न सहज भएको उनले बताए । उनले भने“ पोखराको पर्यटकीय स्थल लेकसाइडमा शान्ति सुरक्षाको दृष्टीले र सडक सुरक्षाको लागि पनि सीसी क्यामरा आवश्यक हो, ढिलै भए पनि हाल ११ वटा सीसी क्यामरा संचालनमा आएका छन ।” थप ३ वटा सीसी क्यामरा छिट्टै संचालना आउने उनले बताए । सीसी क्यामराको कन्ट्रोल रुम भने वडा प्रहरी कार्यालय बैदाममा रहेको छ ।

विगत एक बर्ष भन्दा पहिले देखि लेकसाईड र न्युरोडमा जडान भएका सोलार लाईटले राम्रोसंग काम नगरेकोले अलपत्र अबस्थामा रहेका थिए । न्युरोड र लेकसाईडका करीब १० प्रतिशत मात्र सोलारलाइटले हाल काम गरेको संयोजक भट्टराईले बताए । लेकसाईडको क्षेत्रमा राति ११÷१२ बजे पछि अध्यारो हुने हुदा सोलारलाईट आवश्यक परेको बताएका भट्टराईले लेकसाइड क्षेत्रको शान्ति सुरक्षाको लागि पनि सीसी क्यामरा नभई नहुने भएको बताए । सीसी क्यामरा जडानमा पोखरा उपमहानगरपालीका कार्यालय र नेपाल पर्यटन वोर्डले समेत थप सहयोग प्राप्त भएको उनले बताए ।

पोखरा उप–महानगरपालीका कार्यालय, लेकसाईड निजि क्षेत्र (पोखरा पर्यटन परिषद), न्युरोड निजि क्षेत्र (नयाँ सडक सुधार समिति), बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको संयुक्त लगानीमा लेकसाईड र न्युरोडको सडकमा करीब दुई बर्ष अघि दुई करोडको प्रोजेक्ट संचालन भएको थियो ।

लेकसाईड क्षेत्रमा सौयवत्तीको साथमा आवश्यकता अनुसार सौयवत्तीको पोलमा गरी १२ वटा सीसी क्यामरा जडान गरीएकोे थियो । बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रले उक्त प्राजेक्टलाई दिनु पर्ने करीब ४० लाख रुपैया हालसम्म पनि नदिएका कारणले गर्दा पोखरामा सोलारलाइट जडानको ठेक्का पाएको सुर्यदय उर्जा प्रालिले सोलार लाईट मर्मतमा ध्यान नदिदा एक बर्ष देखि अभिकाशं सोलाइर लाईटले काम गर्न छाडेको स्थानीयले बताए । उक्त प्रालिको पोखरा क्षेत्रको अधिकृत विक्रेता सुर्यदय सोलार सेन्टरले हाल पोखराको न्युरोडबाट विग्रेका सोलारलाईट मर्मत गर्न थालेको हो । सुर्यदय सोलार सेन्टरका निर्देशक सुवास तिवारीले प्रालिलाई पोखराको सोलारप्रोजेक्टबाट दिनु पर्ने करीब ४० लाख रुपैया नदिएको कारणले गर्दा समयमै मर्मत सम्हार हुन नसेको बताए । सरोकारपक्षहरु विच हालै वसेको एक बैठकले विग्रेका सोलार हाल मर्मत गरी व्याट्रि फेर्न परे सोलार कम्पनीले फर्ने उक्त प्रोजेक्टको रकम सेवा संचालन भए लगतै दिने सहमति भए पनि सोलार कम्पनीले सोलारको व्याट्रि फेर्न देखि मर्मत गर्न सुरु गरेको हो । तिवारीले भने “हामीले ५ बर्षको लागि जिम्मा लिएकोले आगामी अझै ४ बर्ष सम्म कुनै व्याट्रिको समस्या आए पुनः अर्को व्याट्रि हामीले फेर्न तयार छौं, तर हामीले पाउनु पर्ने सम्पुर्ण पैसा पाउनु पर्छ । ”

नयाँ सडक सुधार समितिका सल्लाहकार तथा न्युरोड सोलार प्रोजेक्टका संयोजक भवानी श्रेष्ठले आफुहरुले स्थानीय स्तरमा उठाउनु पर्ने रकम उठाउदा पनि बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रले दिने भनेर वोलेको रकम नदिएकोले गर्दा हाल सोलारलाईट सेवा आफुहरुले राम्रोसंग प्रयोग गर्न नपाएको गुनासो गरे । तिहार पर्व अघि सक्ने गरी हाल न्युरोडमा सोलारलाईटमा व्याट्रि फेर्ने काम भई रहेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button