पोखरामा रातिको समयमा क्रिकेट प्रतियोगिता हुने

पोखरा २६-
पोखरामा पहिलो पटक हलभित्र रातिको समयमा संस्थागत क्रिकेट प्रतियोगिता हुने भएको छ ।

हिमालयन यति गाईजको आयोजनामा मंसिर ७ देखि १० गतेसम्म लिगकम नकाउटका आधारमा उक्त प्रतियोगिता पोखरा अम्मरसिंहचोकमा रहेको अम्मरसिंह स्पोटर्स सेन्टरको फुटसल हुने स्थानमा उक्त प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका संयोजक सुमित शेरचनले बताए । उनका अनुसार संस्थागत करीब १२ टिमको सहभागिता हुने भएको छ भने विजेता हुनेले ट्रफ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

बेलुका ६ बजे देखि ९ बजेसम्म हुने प्रतियोगिता हुने भएको छ भने ६ ओभरमा खेलिने प्रतियोगितामा २ जना अतिरिक्त खेलाडहरु हुने भएको यति गाईजका अध्यक्ष एंव राष्ट्रिय क्रिकेट खेलाडी करन के.सी.ले बताए। उनले भने “ नेपालमा क्रिकेटको क्रेज हाल घटेको अबस्थामा पोखरामा हाम्रो प्रयासबाट पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गर्न लागेका हौं । ” राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताहरु नहुदा देशका धेरै ठाँउमा क्रिकेट खेलको गतिविधि प्राय शुन्य जस्तै हुने भएकोले यसलाई निरन्तरता दिनको लागि पनि आफुहरुले उक्त प्रतियोगिता आयोजना गरेको उनले प्रष्ट पारे ।

प्रतियोगितामा सहभागिताको लागि दर्ता शुल्कः ५ हजार रहेको छ भने संस्थागत सहभागितामा कर्मचारी बाहेकको खेलाडीहरु सहभागि हुन पाउने छैनन्  । कास्की बहिरा संघको टिम पाहुना टिमको रुपमा सहभागि हुने भएको केसीले जनाए । लङटेनिसको वल उक्त प्रतियोगितामा प्रयोग हुने भएको छ भने चौका र छक्का हान्दा निन्चित ठाँउमा तोकिने भएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button