पोखरा-
विगत केहिी वर्षदेखि नहरको पानीको उचित निकास नहुदा पोखराको शीतलदेवी मन्दिर क्षेत्र दुर्गन्धित भएको छ । शीतलदेवी भन्दा माथिल्लो क्षेत्रबाट आउने नहरमा फोहोर फालेपछि क्षेत्र क्षेत्रका जनताले सास्ती ब्यर्होरनु परेको हो । शीतलदेवी क्षेत्रका जनताले दिनहुँ सरसफाइ गरे पनि ढलको पानी सडकमै बग्दा दुर्गन्ध फैलिएको छ भने हिड्न समेत समस्या भएको छ । शितलदेवी मन्दिर क्षेत्रमा नहरको पानीको उचित निकासा नहुँदा समस्या भएको हो ।
त्यहाँ सानो ढल भएकोले पानी सडकमै बगेको छ भने नहरमा फालिएको फोहोर मैलाहरु छरपस्ट भएको छ । शीतलदेवी मन्दिर क्षेत्र वरिपरि फोहोरमैला तथा नालीको पानी छरपष्ट भएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरु नाक थुनेर मन्दिर प्रवेश गर्ने गरेका छन् । फोहोर मैला तथा ढलको पानीले त्यस क्षेत्रका जनतालाई मात्र नभएर शीतलदेवी क्षेत्र भएर दैनिक आवतजावत गर्ने हजारौ जनाताले निकै सास्ती भोग्नु परेको स्थानीय प्रकाश कार्की बताउँछन् ।
शीतलदेवी मन्दिर सेवा समितिका सचिव विष्णु श्रेष्ठले नहर बाट आएको फोहोर तथा पानीको निकासको लागी समितिले निस्वार्थ भावनाले काम गरिरहेको बताए । यसको उचित निकासाको लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने भनाइ उनको छ । स्थानीय शीतलज्योति युवा क्लवका अध्यक्ष सुरज श्रेठले क्लबको अगुवाइमा नहर सफा गर्ने काम थालेको भए पनि स्थानीय साधन स्रोतले मात्र सम्भव नभएकोले यसमा सबै संघ सस्थाहरुले सयोग गर्नुपर्ने बताएको आजको समाधान राष्ट्रिय दैनिकमा समाचार छ। ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution