पोखरा-
ऋषीराम रानाभाट स्मृति पुरस्कार गीतकार कृष्ण अन्जान ज्ञवालीलाई प्रदान गरिने भएको छ ।
ठूलाडिही–६, स्याङ्जामा जन्मेका ऋषीराम रानाभाटको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित ५० हजार अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार प्रदान गरिदै आएको छ ।
गुल्मीको रुरुमा जन्मेका ज्ञवालीका पाल्पा रानीघाट, बगाले चरी, यसपाली पोखरा जाम्ला बरिलै, धरती फाट्ला आकाश फाट्दैन लगायतका गीति एल्बम र सिर्जनाका फूलहरु कविता संग्रह प्रकाशित छन् । नेपाल ग्रामीण विकास बैंकका सहायक अधिकृत ज्ञवाली मानवअधिकार पत्रकार संघ हुर्जा पश्चिमाञ्चलका संस्थापकसमेत हुन् ।
क्षेत्रीयस्तरमा वितरण गरिदै आएको उक्त पुरस्कारको राथी पाँच हजार रहेको छ । यस अघि उक्त पुरस्कार दुई हरफ कविता कृतिका लागि दुर्गाबहादुर शाह बाबा, साहित्यकार मिलन समीर, सरस्वती शर्मा जिज्ञासु, अम्बिका भण्डारी र संगीतकार एनजे सागर शाह सम्मानित भइसकेका छन् । उक्त कोष असफल गौतमको संरक्षकत्वमा, सङ्घर्षमा कलम पोखराको व्यवस्थापनमा वितरण हुँदै संस्थाका अध्यक्ष कृष्ण सारथीले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution