गणेश बराल ,पोखरा-
पोखरा लेकसाइडको बाराही चोक स्थित ट्राइ स्टार होटल एण्ड क्याफेमा आगलागी भएको छ । मंगलबार राति भएको आगलागी वाट क्याफे पूर्णरुपमा जलेर क्षति भएको छ । क्याफे सहित तल्लोतलामा रहेको सनराइज बैंकको एटिएम काउन्टर , ट्राइ स्टार मनि चेन्जर, हिल्सवे ट्रेक्स, रहेको स्थानमा पूर्ण क्षति पुगेको छ भने क्रस रिभर राफ्टिंगमा समेत क्षति पुगेको छ । आगलागी वाट करोडौंको क्षति पुगेको बताइएको छ ।
राति लगभग १० : १५ बजे सुरुभएको आगलागी १२ : २० मा मात्रै नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा एयरपोर्टका २ र पोखरा उपमहानगरपालिका १ गरि तीन वटा दमकल प्रयोग गर्दा समेत आगो नियन्त्रणका नआएपछी ट्यांकरबाट पानि ओसारी आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । आगलागी सुरुमा किचनको एक ग्यास सिलिन्डर बाट सुरु भएको र पछी क्याफेका बाकी सिलिन्डर पड्किएपछि आगलागीले उग्ररुप लिएको बताइएको छ । क्याफेमा सजावटको लागि अत्यधिक मात्रामा काठको प्रयोग गरिएकोले आगो सजिलै फैलिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार क्याफेका संचालक धर्मेन्द्र कुमार बाटाजू आगलागीको घटना पश्चात अस्वस्थ बनेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
आगोलागीबाट भवन अगाडी राखिएका २ वटा मोटर साइकल सहित भौतिक सामग्री जलेका छन् भने क्याफे पछाडीको होटलको कोठामा क्षति पुगेको छ । आगलागी हुनासाथ क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगाएतका सुरक्षाकर्मी तथा सर्वसाधारण घटनास्थलमा पुगि आगो नियन्त्रणमा खटिएका थिए। आगोलागी कसरी सुरुभयो र कति क्षति भयो भन्ने बारे यथार्थ जानकारी भने आइनसकेको प्रहरीको भनाइ छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution