विश्व रक्तदाता दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम

पोखरा न्युज –
जुन १४ तारिख अर्थात विश्व रक्तदाता दिवस । यस अवसरमा नेपालमा पनि देशै भरी विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ ।

यसै बिच पोखरा क्षेत्रमा पनि रक्तदान दिवसको अवसरमा रक्तदान उत्प्रेरणा कार्यक्रम तथा रक्तदान लगायतका कार्यक्रमका साथ रक्तदान दिवस मनाईएको हो ।

क्षेत्रिय रक्त संचार केन्द्र पोखराको आयोजनामा बुधबार पोखरामा आयोजना भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान गर्नु जिवन दान गुर्नु सो सर भएको बताए । केन्द्रले रक्तदान गर्ने विभिन्न संघ संस्था, दाता तथा कर्मचारीहरुलाई समेत सम्मान गरेको केन्द्रका अध्यक्ष धुर्वमणि लामिछानेले बताए ।

यसै बिच राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, अञ्चल कार्य समिती गण्डकीले बुधबार पोखरामा आयोना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ७५ युनिट रंक्त संकलन भएको समितिका अध्यष शंकरविराही गुरुङले बताए । कार्यक्रमका प्रमुख अतिथी कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पहिलो रक्तदाता सुरेन्द्र कुमार गुरुङलाई व्लड व्याग हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै उनले व्यक्तिले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत रक्तदान गर्नु पनि उत्तम कार्य हुने बताए ।

संस्थाले हरेक बर्ष विश्वरक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button