म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पढाई

पोखरा न्युज – १५ माघ । 

बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पठनपाठन शुरु भएको छ।

समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन शुरु गरेको हो। त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा पहिलो वर्ष व्यवस्थापन संकायको कक्षा सञ्चालन गर्न अनुमति दिएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए।

यसअघि म्याग्दीका विद्यार्थी स्नातकोत्तर तहको अध्ययनका लागि बागलुङ, पोखरा, चितवन र काठमाडौँ जानुपर्ने बाध्यता थियो। म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पढाइ शुरु भएपछि म्याग्दीका साथै पर्वतको उत्तरी क्षेत्र र मुस्ताङका विद्यार्थीसमेत लाभान्वित हुने भएका छन्।

स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि २०७३ कात्तिकमा महायज्ञ आयोजना गरेर रु दुई करोडभन्दा बढी आर्थिक स्रोत जुटाइएको थियो। २०४८ सालदेखि सञ्चालित क्याम्पसमा हालसम्म मानविकी, व्यवस्थापन र शिक्षा संकायमा कक्षा ११, १२ र स्नातक तहको पठनपाठन हुँदै आएको थियो। क्याम्पसमा एक हजारजना विद्यार्थी अध्ययनरत छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button