कास्कीले पायो २ मन्त्रि : रबिन्द्रलाई पर्यटन तथा जगतलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

ओलीद्वारा तेस्रो पटक  मन्त्रिमण्डल बिस्तार,

पोखरा न्युज – ०२ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तेस्रो पटक बिस्तारित मन्त्रिमण्डलमा कास्कीले दुई मन्त्रालय पाएको छ  ।

कास्की बाट तिन पटक सांसद भएर ह्याट्रिक पुरा गरेका युवा नेता रबिन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेबारी पाएका छन भने कास्की क्षेत्र नं ३ बाट पहिलो पटक प्रत्यक्ष सांसदमा निर्वाचित युबा नेता जगत बिश्वकर्माले यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका  छन ।

आज साझ बिस्तारित मन्त्रिमण्डलमा प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा,  रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात र  शेरबहादुर तामाङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिंचाई, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणी खनाल कृषि तथा भूमि व्यवस्था र सहकारी, बिना मगरलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी गोकुल बास्कोटालाई सूचना तथा सञ्चारराज्यमन्त्री,पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनहादुर बुढालाई संस्कृति,पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री,रामकुमारी चौधरीलाई कृषि तथा भूमि व्यवस्था र सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै विज्ञान तथा प्रविधि मन्त्री रहनुभएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा सहभागी थिए  ।

यस्तै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कुटनीतिक नियोग तथा निकायका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले पहिलो पटक नेकपा(एमाले)का तर्फबाट लालबाबु पण्डितलाई विज्ञान तथा प्रविधि र थममाया थापालाई महिला बालबालिका मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीले यसअघि गत फागुन १४ गते दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दै  रक्षा मन्त्रीमा ईश्वर पोखरेल, गृह मन्त्रीमा रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादव र अर्थमन्त्रीमा डा युवराज खतिवडालाई नियुक्त गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button