पोखरामा सामाजिक सञ्जालबाट १ करोड ३० लाख ठगी गर्ने ९ जना सार्बजनिक

पोखरा न्युज , ५ चैत  ।

कास्की प्रहरीले सामाजिक सञ्जालबाट १ करोड ३० लाख रुपैयाँ ठगी गर्ने ९ जनालाई पोखरामा सार्बजनिक गरेको छ ।

भाइबर, इमो र म्यासेन्जर जस्ता सामाजिक सञ्जालको प्रयोग गर्दै  पैसा ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । उनीहरुले कसैलाई इमो तथा भाइबर कल गरी तपाइलाई २५ लाख रुपैयाको चिट्ठा पर्यो भन्दै ठगी गरेको र कसैलाई तपाइको छोराछोरी तथा तपाईको परिबारलाइ सुन तथा नगद पठाएको छु भन्दै ठगी गरेको प्रहरीले बताएको छ ।

लामो समयको अनुसन्धान पछी करिब डेढ बर्ष अगाडीदेखी घटनामा संग्लन रहेका उनीहरुलाई दुई लाख एक हजार नगद सहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । सिंहका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र चार नम्बर प्रदेश प्रहरी तथा धनुषा प्रहरी को सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेहरुमा पाल्पा निस्दीका २६ बर्षिय यामबहादुर मगर, धादिङ नेत्रवती गाउँपालिकाका २८ बर्षिय ठाकुर गुरुङ, २८ बर्षिय गणेश गुरुङ तथा १९ बर्षिय मनोज तामाङ रहेका छन् । धादिङकै खनियाबास गाउँपालिकाका २६ बर्षिय टेकबहादुर तामाङ र २५ बर्षिय जेनिस तामाङ पनि पक्राउ परेका छन् । यसैगरी, महोत्तरी जलेस्वर नगरपालिकाका २४ बर्षिया संगीता मिश्र तथा महोत्तरीकै मनर नगरपालिकाकी ३५ बर्षिय कामनी तिवारी र ४५ बर्षिय योगेन्द्र तिवारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

आईएमी मार्फत पैसा पठाउन लगाएर ठगी गर्ने उनीहरुलाई ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेकको सिंहले बताएका छन् । आरोपिहरु पक्राउ परेसंगै जाहेरी दिनेहरुको संख्यामा समेत वृद्धि भएको सिंहले जनाएका छन् । जाहेरीका आधारमा उनीहरु अरु घटनामा पनि संग्लग्न भएको हुनसक्ने बताउदै सिंहले उनीहरुले ठगि गरेको रकम पनि १ करोड ५० लाख भन्दा माथि हुनसक्ने बताएका छन् । “उनीहरु अन्य ठगीमा समेत संग्लग्न हुनसक्ने आशंकामा यि तिन वटै घटनामा संग्लग्नहरुमा केन्द्रित हुदै हामीले थप अनुसन्धान गरिरहेका छौ”, सिंहले भने – “तिनवटा घटना बिचको कनेक्सन र अन्य ठगीका घटनाहरुलाई जोडेर हामीले अनुसन्धान गर्दैछौ।”

एकै व्यक्तिले प्रलोभनमा परि २० लाख सम्म ठगलाई पठाएको भेटिएकाले सर्बसाधारण जनतालाई यस्तो भ्रममा नपर्न कास्की प्रहरी प्रमुख सिंहले अनुरोध गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button