फेवाताल संरक्षणमा सांसद पहारीद्धारा दुई महिनाको तलब ८० हजार सहयोग हस्तान्तरण

डिएनबी, पोखरा न्युज – ०९ चैत्र ।

प्रदेश नम्बर ४ का सांसद राजिप पहारीले पोखराको फेवाताल संरक्षणमा आफ्नो दुई महिनाको तलव ८० हजार रुपैया हस्तान्तरण गरेका छन।

आज शुक्रबार देखि पोखराको पर्यटकीय स्थल लेकसाइडमा सुरु भएको सवारी निशेधित क्षेत्र (नो भईकल जोन) कार्यक्रमको उद्घाटन गर्दै उक्त रकम बराबरको चेक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एंव नो भईकल जोनका कार्यक्रम संयोजक जगत बहादुर पहारीलाई हस्तान्तरण गरेका हुन।

कार्यक्रममा बोल्दै सांसद पहारीले फेवाताल बिनाको पोखरा र प्रदेश नम्बर ४ को पर्यटनको कुनै सम्भावना नभएको दाबी गर्दैै फेवाताल संरक्षणमा सरकारको ध्यानाकर्षण गर्न पनि आफ्नो तलवको दुई महिनाको पारिश्रमिक दिएको बताए । फेवाताल संरक्षणमा सरकारले कम्तिमा पनि २५ करोड बजेट विनियोजना गरी समयमै प्राकृतिक र मानव अतिक्रमणबाट बचाउनु पर्ने उनको जोड थियो । उनले भने “ फेवातालबाट राज्यले जति आम्दानी गर्न सफल भएको छ, त्यसको कम्तिामा पनि ५० प्रतिशत रकम फेवाताल संरक्षण र पर्यटन पुर्वाधारमा विकास गर्नु पर्छ । ”

फेवातालमा बर्षेनी आउने डुंगा, माटोलाई नियन्त्रण गर्न, फेवातालको वाध जिर्ण भएकोले त्यसको समयमै मर्मत गर्न सांसद पहारीकोे जोड थियो । पोखराको पर्यटन प्रबर्द्धन गर्न नयाँ कार्यक्रम नो भईकल जोनलाइ दिगो रुपमा संचालन गर्न उनले सवै क्षेत्रले सहयोग गर्नुपर्ने बताए । सांसद पहारीसंगै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले नो भेईकल जोन कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका हुन । फेवातालको हल्लनचोक देखि बाराही घाटसम्मको क्षेत्रलाई पहिलो चरणमा शुक्रबार र शनिबार वुलेका ५ देखि राति १ बजेसम्म नो भईकल जोन संचालन गरिने भएको सुरक्षा ब्याबस्थापन समितिका संयोजक एवं वडा सदस्य बिष्णु बहादुर भट्टराईले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button