पोखरामा मोटरसाइकल चोरी गर्ने १९ जनाको गिरोह सार्वजनिक

गिरोहमा भारतीय समेत संलग्न

डिएनबी, पोखरा न्युज – १२ चैत्र ।

कास्कीमा मोटरसाईकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्ने गिरोहमा एक भारतीय नागरिक समेत संलग्न भएको कास्की प्रहरीले जनाएको छ ।

कास्की जिल्लामा विभिन्न मिति र समयमा विभिन्न स्थानहरुबाट स्कुटर, मोटरसाईकलहरु चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि वेचविखन गर्ने १९ जना समुहको एक गिरोह नै पक्राउ गरी कास्की प्रहरीले सोमबार पोखरामा सार्वजनिक गरेको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक एस.पी. असोक सिंहले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मोटरसाईकल चोरी गर्ने १९ जनाको एक गिरोह सहित ८ वटा पल्सर मोटरसाईकल बरामद गरिएको बताए ।

पोखरा लेखनाथ महानगरपालिका बडा नं ३ नदिपुर स्थित फिल्महलको पार्किङमा मोटरसाइकल चोर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेसंगै मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ परेको हो । भिमाद गाउपालिका बडा नं ६ बस्ने २२ बर्षीय दिबस रानालाई मोटरसाईकल दिने भन्ने दुई जनाबाट खुल्न आएको र रानालाइ खोज तलास गर्दै जादा पोखरा आउने क्रममा पोखरा लेखनाथ महानगरपालिका बडा नं २७ बाट पक्राउ गरी ल्याएको एस.पी.सिंहले बताए । अनुसन्धान तथा सोधपुछ गर्दै जादा रानाले मोटरसाईकल चोरी गर्ने गरेको स्वीकारेको र केही वर्कसप संचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको एस.पी.सिंहले जनाए ।

उक्त गिरोहबाट एक सय ५० सीसीको पल्सर मोटरसाईकल देखि २ सय २० सीसीको पल्सर मोटरसाईकल बरामद गरिएको एस.पी.सिंहले बताए । स्याङजा हरिनास गा.पा ४ गृहकोट, तनहुँको भिमाद न.पा ७ कडेलचोकबाट बरामद गरिएको कास्की प्रहरीले जनाएको छ। अदालतको आदेशपछि मात्र मोटरसाईकल वास्तविक धनीलाई फिर्ता गरिने उनले जनाए । पक्राउ परेकाले पल्सर मोटरसाईकल ४०-५० हजारमा बिक्री गर्ने गरेको एस.पी.सिंहले बताए ।

मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु तनहुँ भिमाद गाउपालिका ६ माझकोट बस्ने २२ बर्षीय दिबश राना, पोखरा लेखनाथ महानगरपालिका १० रामवजार बस्ने २० बर्षीय बिकाश क्षेत्री, रामवजारकै १९ बर्षीय अभिषेक सुनार, नवलपरासी बुङदिकाली गाउपालिका ३ सिउन बस्ने २२ बर्षीय युवराज रुचाल, तनहूँ भिमाद नगरपालिका (बागटार बस्ने ४० बर्षीय कृत बहादुर नेपाली, बागटारकै १९ बर्षीय अर्जुन नेपाली, वारा इनवा नगरपालिका २० गोटवडिवा बस्ने १७ बर्षीय उचिर चुरिहार, तनहुँ भिमाद नगरपालिका ४ पिरुङ बस्ने २२ बर्षीय सुनिल थापा रहेकाछन। त्यसै गरी भारत मोतिहारिका १७ बर्षीय संम्शाद आलम, स्याङजा हरिनाथ नगलपालिका ७ चाङसिङ बस्ने २२ बर्षीय मदन चन्द ठकुरी, स्याङजा हरिनाश गाँउपालिका ६ देगाछाप बस्ने २२ बर्षीय अरुण आले, स्याङजा हरिनाश गाउँपालिका.२ गुरुजा बस्ने २८ बर्षीय ओम राना, हरिनाश गाउँपालिका ४ गिरकोट बस्ने २० बर्षीय रेशम आले, तनहुँ भिमाद नगरपालिका.७ राङरुङ बस्ने २२ बर्षीय रेशम आले, तनहुँ भिमाद नगरपालिका ७ पाङमि बस्ने २० बर्षीय लक्ष्मण परियार, स्याङजा हरिनाश गाँउपालिका ७ चाङसिङ बस्ने २८ बर्षीय डोलराज चन्द्र ठकुरी, स्याङजा हरिनाश गाउँपालिका.७ चाङसिङ बस्ने २४ बर्षीय हिरा सिंह थापा, भिमाद नगर।पालिका ७ पिरुङ बस्ने १९ बर्षीय सुरज राना र वारा विरगंज गाँउपालिका .१ त्रिवेणी का २२ बर्षीय रामबाच दास रहेकाछन। उनीहरुलाई सामुहिक चोरीको मुद्धा लगाउने भएको एसपी सिंहले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button