खेलौना बिगारेकै निहुँमा पोखरामा ५ बर्षीय बालिकाको हत्या

पोखरा न्युज – १२ चैत्र ।

पोखरामा खेलौना बिगारेको निहुँमा ५ बर्षीय बालिकाको हत्या भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका ९ नयाँ बजारमा आइतबार राति १४ वर्षीय बालकले आफ्नो खेलौना बिगारेकै निहुँमा ५ बर्षीय बालिकाको हत्या गरेको तथ्य खुल्न आएको हो । नयाँ बजार सभागृह पथ निवासी मान बहादुर रोक्काथापा मगर तथा बिना रोक्का थापा मगरकी ५ बर्षीय छोरी बिहानी रोक्का थापा मगरको ढुंगाले हानी हत्या भएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए ।

बिहानीका आमाले संचालन गर्दै आएको बिहानी खाजा घर नजिकैको निट एण्ड क्लिन सर्भिस प्वाईन्टमा गाडी धुने काम गर्दै आएका १४ वर्षीय बालकले बिहानीको हत्या गरेको खुलेको एसपी सिंहले बताए । “आफुले खेलाउने खेलौना (कार ) बिगारेको सामान्य निहुमा सागर (नाम परिवर्तन) ले ढुंगाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ”, सिंहले भने – “घटना स्थलमा रगत लागेको ढुंगा फेला परेपछि सोधपुछ गर्दा बालकले ढुंगाले हानेपछी बालिकाको मृत्यु भएको बयान दिएको छ , थप जानकारी पोष्टमार्टम पछी प्राप्त हुनेछ ।“ प्रारभ्भिक अनुसन्धान पश्चात बालिकाको शब पोष्टमार्टमको लागी पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाइएको सिंहले बताए ।

आइतबार साँझ ७ बजे घरबाट हराएकी उनी राति १० बजे मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार उनको शब सभागृहपथको खालि जग्गाको दक्षीण पश्चिम कुनामा सिमेन्टको बोरा र ढुगा बालुवाले छोपेको अबस्थामा फेला परेको थियो । गाडी धुने सर्भिस प्वाईन्टमै अर्का साथीसँग बस्दै आएको उक्त बालक समेत हराएपछि उनीहरुको खोजी गरिएको थियो । खोजि गर्ने क्रममा बालक फेला पारेपछि बालिकाको अवस्था पत्ता लागेको थियो ।

घटनामा संग्लन उक्त बालकलाई १/२ महिना आगाडी पृथ्विचोकको ट्याक्सी प्रतिक्षालय बाट ट्याक्सी डाईभरले फेला पारी २/३ दिन आफ्नो डेरामा राखी टेक बहादुर गुरुङको नेट ऐण्ड क्लिन वासिङ सर्विस प्वाईन्ट ग्यारेज नयाँबजारमा काममा लगाइदिएको खुल्न आएको छ । बालकले आफ्नो घर,ठेगाना, बाबा -आमाको नाम केहि पनि थाहा नभएको बताउदै आएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्:- पोखरामा मोटरसाइकल चोरी गर्ने १९ जनाको गिरोह सार्वजनिक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button