पोखरामा स्व.विष्णुकुमारी स्मृती सेभेन ए साइड फुटबल प्रतियोगिता जारी

 

पोखरा न्युज – ०८ बैशाख ।

बौद्ध शान्ति क्लव, पोेखरा रामघाटको आयोजनामा अम्मरसिंह खेलमैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता जारी रहेको छ । जारी प्रतियोगितामा शनिबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

सम्पन्न खेलहरुमा मिलनटोल ‘ए’ ले एलजी एकेडेमीलाई ३–० ले, मिलनटोल ‘बि’ ले आदर्श युवा क्लव भण्डारढिकलाई टाई ब्रेकरमा ३–२ ले, एलजी एशोसिएसनले काजीपोखरीलाई ३–० ले तथा लेकसाइडले एम १२ लाई टाई ब्रेकरमा ३–१ गोलले पराजित गरेको छ ।

शनिबारनै सम्पन्न अन्य खेलहरुमा बिटी गाइजले भदौरे एफसीलाई टाई ब्रेकरमा ३–२ गोलले पराजित गरेको छ । दुई टिमविचको निर्धारित समयको खेल २–२ गोलमा टुङ्गिएको थियो । त्यस्तै, तारा एफसीले फेदी एफसीलाई १–० ले तथा संगमले स्यानिपाटनलाई ३–१ गोलले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत आइतबार पनि पहिलो चरणकै ७ खेल हुने आयोजक समितिका अध्यक्ष रोशन गुरुङ्गले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button