पोखरामा एयरपोर्ट बनाउदै हो कि ,बालबालिका खेल्ने घर ? – सांसद पहारी

पोखरा न्यूज -३१, साउन । 

पोखरामा निर्माणाधिनं क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन् । गण्डकी प्रदेसको चालु अधिवेशनमा बिहिबार शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले कहिले कुन बहाना त कहिले कुन बहानामा एयरपोर्ट बन्न नदिने खेल बढ्नुमा चिन्ता ब्यक्त गरेका छन् । सांसद राजिब पहारीले एयरपोर्टलाइ कति जग्गा चाहिन्छ पहिले थाहा हुदैन ? केटा केटिले माटोको घर बनाइ खेलेको हो र ? पहारीको भनाइ थियो । कहिले ह्याँगरको बहानामा त कहिले अर्को निहुँमा जग्गा अधिकरण गर्ने भन्दै स्थानियको घरबास उठाउने गरि पटक पटक सुचना जारि गर्नु जायज नभएको जिकिर गरे । कुनै पनि बहाना बाजीमा अब एयरपोर्ट निर्माणको काम नरोकिकन स्थानीय जनताको चित्त बुझ्ने गरि काम गर्न प्रदेश सरकार मार्फत संघिय सरकारको ध्यानाकर्षण गरे ।

सांसद दिपक कोइरालाले एयरपोर्ट निर्माणको काम रोक्न नहुने र स्थानीय बासिलाइ अन्यायमा नपारिकन समस्याको हाल खोज्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

अर्का सांसद कृष्ण चन्द्र नेपालीले सामाजिक परिचालकहरुको आन्दोलनमा सरकारबाट दमन भएको भन्दै तत्काल उनीहरुको मागलाई सम्बोधन गर्नु पर्ने बताए।

शुन्य तथा बिषेस समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिको जानकारी दिदै पिडितहरुलाई राहात र पुनर्बासको ब्यवस्था गर्न सरकारको ध्यान पुग्न आवश्यक भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button